जागौ युवा जागौ युवा

जागौ युवा, जागौ युवा देश बनाउनु छ

पूर्वको मेची, पश्मिम महाकाली एकिकृत गर्नु छ ।

संसारको कुनै व्यवस्था छैन, युवा नलडेका

यहि हो समय देश बनाउने, हामी कहाँ हिडेका ।

राष्ट्रियता, अखण्डता र हाम्रो स्वाभिमान

विस्तारवादी आँखा विरुद्ध गर्छौ बलिदान ।

सम्झनु पर्छ ती हाम्रा चार सहिद युवालाई

पुर्खाको पौरख विरताले गर्दा, बनायो नेपाललाई ।

दुई दिनको जिन्दगीयो छैन कुनै ठेगाना

राष्ट्रका हितमा अमर हुने, हुनु पर्छ भावना ।

सबैको एकै मन र भाव, विचार हुनु छ

जागौ युवा जागौ युवा,देश बनाउनु छ ।।

Mukesh Pandey