साइको माया

कलेज जाने बहाना मात्रै थियो

थियो त बस तिम्रो मुस्कान हेर्न

नीलो कालो ड्रेस , साथै हातमा घडी

मनै लोभ्याउने ती आँखाका परेला र कोठी

बोल्दैन थ्यो आफै सरी, लजाउथ्यौ किन

हेलो मिस भन्दा हास्थ्यौ, माया होकि होइन

प्रश्न सोध्थे नाम केहो? कहा बस्छौ भनी

भन्थिन उनी के चाहियो, फेक्ट कुरा गर भनी

थियो मात्रै फेसबुकमा साथी हुन्छिन, हुन्निन भन्ने डर

बाचा गरे जीवन जिउने, साथ दिने भगवानकै भर

निरन्तर चलिरहने होकी यो मायालु बोलीको भाव

सुन्दर संसार, प्रेममय वायु बस तिम्रो मात्रै अभाव

चलिरहन्छ चलिरहन्छ चक्र पथको गाडी यो

चलिरहन्छ चलिरहन्छ चक्र पथको गाडी यो ।।

Mukesh Pandey