सानी

बस्छौ तिमी यो मेरो दिलको फेदिमुनी

जाने होला जन्ती चढी मेरै घरमा सानी

नाम तिम्रो अंकित हुन्छ, यो हातमा मेरो

जुन बेला नी सम्झिरन्छु, सानी तिमी मेरो

तिमी पनि गर्छौ होला, मेरै प्रेमको वर्णन

हेर्छौ होला दिनराती, मेरै अनुहारको दर्पण

तन तिम्रो बानेश्वरमा, मन कोटेश्वरमै

भेट होला छिट्टै सानी, यै बैशाखमै

ल्याउछु तिम्लाई हातमा घडी, कानमा सुनका झुम्का

आउने बैशाख पर्खिराछु, बिहे गर्छु पक्का

गित लेख्छु यादमा तिम्रो, भऐरै टुहुरो

साची राख्छु देवता ईश्वर, गर्छु माया गहिरो

पानी पर्यो राख्छु कलम, बस्छु छानामुनी

जाने होला जन्ती चढी मेरै घरमा सानी ।।

                                       -मुकेश पाण्डेय

Mukesh Pandey